Logo

समाचार

पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध



चितवन । इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा रूखसहितको सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।

गएराति करिब १०ः२५ बजे सडकमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन हुँदै काठमाडौं जाने तथा काठमाडौंबाट नारायणगढ आउने सडकखण्ड पूर्णरूपमा बन्द भएको हो ।

चितवन प्रहरीले पहिरो पन्छाउन पाँचवटा उपकरण परिचालन गरिएको जनाएको छ । सडकमा खसेको पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउन केही समय लाग्ने अनुमान गरिएको छ ।

पहिरोका कारण यात्रुहरू जोखिममा पर्न सक्ने भएकाले अर्को सूचना जारी नभएसम्म नारायणगढबाट काठमाडौं जाने र काठमाडौंबाट नारायणगढ आउने सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आईतवार ०७:१३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।