Logo

अर्थ

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो



काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख खुद मुनाफा कमाएको छ । कम्पनीले आज सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद मुनाफा ४७.५८ प्रतिशतले बढेको हो ।

आव २०८१/८२ को चौथो त्रैमासिकसम्म कम्पनीको खुद मुनाफा छ अर्ब ६७ लाख थियो । कम्पनीको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँले बढेको हो ।

नेपाल टेलिकमको कुल सञ्चालन आय पनि बढेको छ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म कम्पनीले ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ कुल सञ्चालन आय गरेको  छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँको तुलनामा १ अर्ब ५ करोड ५९ लाख रुपैयाँ अर्थात् ३.१२ प्रतिशत बढी हो ।

त्यस्तै, कम्पनीको कुल आय ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ थियो । यसअनुसार कुल आय १ अर्ब १ करोड १५ लाख रुपैयाँ अर्थात् २.६५ प्रतिशतले बढेको छ ।

कम्पनीको करअघिको मुनाफा पनि उल्लेख्य रूपमा बढेको छ । समीक्षा अवधिमा करअघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो मुनाफा ९ अर्ब ८५ करोड २ लाख रुपैयाँ थियो ।

यसअनुसार करअघिको मुनाफा ३ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ अर्थात् ३४.६६ प्रतिशतले वृद्धि भएको हो ।

त्यस्तै, कम्पनीको Earnings Before Interest, Taxes, Depreciation and Amortization (EBITDA) २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिको १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँको तुलनामा EBITDA १ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ अर्थात् १०.७३ प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ४९.२५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आईतवार १०:४०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।