Logo

अर्थ

सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुन प्रतितोला सुन ३ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदी तोलामा ५० रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ४ हजार ७१० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आईतवार ११:११   :  बजे

288
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।