Logo

समाचार

भारतीय सेना प्रमुख धिरज सेठ काठमाडौंमा



काठमाडौं । भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चारदिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आएका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा उनी नेपाल आएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसीले स्वागत गरे ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गर्दै छन् । नेपाल र भारतका सेना प्रमुखलाई एकअर्काको देशको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आईतवार १७:४२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।