Logo

समाचार

बागलुङमा विपद्ः आठ घरमा क्षति, ४० उच्च जोखिममा



बागलुङ । मनसुन सक्रिय भएसँगै बागलुङको निसीखोला गाउँपालिका–२ धाराटोलमा पहिरो खस्दा आठ घरमा क्षति पुगेको छ । पहिरोका कारण ४० घर उच्च जोखिममा परेका छन् ।

वडाध्यक्ष कुवीर विश्वकर्माका अनुसार पहिरोले स्थानीयका घर, गोठ तथा शौचालयमा आंशिक क्षति पुर्‍याएको छ । कतिपय घरको पाली भत्किएको, छानो उप्किएको र घर चर्किएको उनले बताए ।

पहिरोबाट धाराटोलका धनबहादुर खत्री, राजन परियार, हरिकला घर्ती, दीपक परियार, तारा घर्ती, ज्ञानबहादुर परियार, देविराम घर्ती र तिका घर्तीको घरमा क्षति पुगेको छ ।

उपल्लो बेङ्ग्रीमा गएको पहिरोका कारण बस्तीमा थप जोखिम बढेको वडाध्यक्ष विश्वकर्माले बताए । लगातार वर्षा भइरहेकाले थप पहिरो खस्न सक्ने सम्भावना रहेकाले जोखिममा रहेका परिवारलाई सतर्क रहन आग्रह गरिएको छ ।

काल्नेचौर, उपल्लाबेङ्ग्री, हाडीचार र बासखोला सडक खण्डमा समेत पहिरो खसेको छ । पहिरोका कारण ती क्षेत्रका बस्तीसमेत जोखिममा परेको वडाध्यक्ष विश्वकर्माले जानकारी दिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आईतवार १८:२१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।