Logo

अर्थ

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडाैं । स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य ६० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय १० रुपैयाँ थियो ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार ११:२६   :  बजे

246
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।