काठमाडौं । आज सेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक २.२५ अंकले घटेर २,६४१ को विन्दुमा कायम भएको छ ।
आज ७२ कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको मूल्य घटेको छ ।
आज ५ अर्ब ५२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार भएको छ । यस कम्पनीको १ अर्ब ३८ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ६.६३ प्रतिशतका दरले गुमाएका हुन् ।
















प्रतिक्रिया