Logo

समाचार

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी



काठमाडौं । नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को मन्दिर परिसरमा आज विशेष पूजा आयोजना गरि नागपञ्चमी मनाइएको हो ।

पूजाको नेतृत्व बीजीएनका गोर्खा मेजर मेजर किरण पुन एमभीओ र बीजीएन पण्डित झबिन्द्र घिमिरेले गरेका थिए । पूजामा बीजीएनका अधिकृत तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । हिन्दू धार्मिक मान्यताअनुसार नाग अर्थात् सर्प देवताको पूजा गर्दा घरपरिवारको सुरक्षा, सुख–शान्ति तथा कल्याण हुने विश्वास गरिन्छ ।

नाग पञ्चमी धार्मिक पर्वसँगै पर्यावरणीय महत्व बोकेको पर्वका रूपमा समेत लिइन्छ । नाग भगवान अर्थात सर्पप्रति श्रद्धा र सम्मान व्यक्त गर्ने लामो समयदेखिको परम्परालाई यस पर्वले निरन्तरता दिएको छ ।

बीजीएनले सामाजिक सञ्जाल फेसबुक मार्फत नाग पञ्चमीको अवसरमा मन्दिरमा पूजा गरिएको जानकारी दिँदै पूजामा सहभागी अधिकृत तथा कर्मचारीहरूको तस्बिरसमेत सार्वजनिक गरेको छ । तस्विर स्रोत ः ब्रिटिस गोर्खाज नेपाल फेसबुक पेज)

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार १८:०६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।