Logo

अर्थ

सिद्धार्थ म्युचुअल फन्डका दुई योजनाको प्रतिफल घोषणा, कुनको कति?



काठमाडौं । आर्थिक वर्ष २०८२/८३ का लागि सिद्धार्थ म्युचुअल फन्डका दुई योजनाको प्रतिफल घोषणा गरिएको छ ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको सोमबार बसेको बैठकले सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ का इकाइधनीहरुका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअनुसार सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ का इकाइधनीहरुलाई ८ प्रतिशतले हुन आउने ९ करोड ६० लाख रुपैयाँ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ इकाइधनीहरुलाई १० प्रतिशतले हुन आउने ८ करोड ५ लाख ८० हजार रुपैयाँ नगद लाभांश (करसहित) वितरण गरिने क्यापिटलले जनाएको छ ।

लाभांश वितरण प्रयोजनका लागि दर्ता किताब बन्द (बुक क्लोज) हुने मिति पछि सार्वजनिक गरिने क्यापिटलले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलवार ११:१२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।