Logo

अर्थ

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ । बैंकको २०८३ भदौ १ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैंकले हालको चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँको १०.५२६३ प्रतिशतले हुन आउने ३९ करोड ३० लाख ५९ हजार ८४२ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांशमध्ये ४ प्रतिशत बोनस सेयर रहेको छ। यस बापत बैंकले १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ बराबरको सेयर वितरण गर्नेछ ।

त्यसैगरी, बैंकले ६.५२६३ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद लाभांशमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन् ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलवार ११:१८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।