काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
आज प्रतितोला सुन ३ लाख ६ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। हिजो पनि सुन प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँमै कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर ४ हजार ७५५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी प्रतितोला ४ हजार ७७० रुपैयाँमा किनबेच भएको थियो ।
















प्रतिक्रिया