Logo

अर्थ

लक्ष्मी सनराइज बैंकको ऋणपत्र बाँडफाँट



काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले साउन १४ गतेदेखि २० गतेसम्म निष्कासन गरेको ऋणपत्र भदौ १ गते बाँडफाँट भएको छ । कम्पनीले १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ नामको ऋणपत्र निष्कासन गरेको हो ।

कम्पनीले प्रतिऋणपत्र हजार अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बाँडफाँट गरको हो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुमा विक्री गरेको हो भने ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा विक्री गरेको हो ।

सर्वसाधारणतर्फको ऋणपत्र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरि बाँकी सार्वजनिक निष्कासनमा ल्याइएको थियो । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलवार १२:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।