काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सवारीसाधन खरिदका लागि आकर्षक ‘अटो लोन’ योजना सार्वजनिक गरेको छ ।
सीमित अवधिका लागि ५.९९ प्रतिशत स्थिर ब्याजदरमा अटो लोन उपलब्ध गराउने बैंकले जनाएको छ । सो ब्याजदर ७ वर्षसम्म स्थिर रहनेछ ।
यस योजनाअन्तर्गत व्यक्तिगत, व्यावसायिक तथा विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा उपलब्ध हुनेछ ।
बैंकले ‘एनआईसी एशिया अटोलोन’मार्फत आकर्षक ब्याजदर, ७ वर्षसम्मको कर्जा अवधि तथा छिटो र सहज प्रक्रियालाई मुख्य विशेषताका रूपमा अघि सारिएको बताएको छ ।
बैंकका अनुसार सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकले आवश्यक प्रक्रिया पूरा गरी कर्जा लिन सक्नेछन् । थप जानकारीका लागि customercare@nicasiabank.com तथा बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ ।
















प्रतिक्रिया