Logo

समाचार

तीन कुमारी म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । कुमारी म्युचुअल फन्डअन्तर्गत सञ्चालित तीन योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कुमारी बैंक प्रवर्द्धक र कुमारी क्यापिटल योजना व्यवस्थापक रहेका कुमारी इक्विटी फन्ड, कुमारी धनवृद्धि योजना र कुमारी सबल योजनाको लाभांश सुरक्षित गर्न आजसम्म इकाइधनी कायम हुनुपर्नेछ ।

यी तीन योजनाले लाभांश वितरणका लागि भोलि भदौ ३ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसअनुसार आजसम्म कायम इकाइधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।

कुमारी क्यापिटलका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि कुमारी इक्विटी फन्ड र कुमारी धनवृद्धि योजनाका इकाइधनीलाई १०–१० प्रतिशत तथा कुमारी सबल योजनाका इकाइधनीलाई २.९० प्रतिशत नगद लाभांश वितरण गरिनेछ ।

यसैगरी, खुलामुखी योजना कुमारी सुनौलो लगानी योजनाले इकाइधनीलाई ४.७० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांशका लागि भदौ २१ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ ।

यसअनुसार भदौ २० गतेसम्म कायम इकाइधनीले कुमारी सुनौलो लगानी योजनाको प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार १२:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।