Logo

राजनीति

तीन सातापछि कर्णालीमा तीन मन्त्रीको सपथ



सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट मन्त्री बनेकाहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले बुधबार उनीहरूलाई शपथ खुवाएका हुन् ।

टेकराज पछाईले आर्थिक मामिला तथा योजना, जीतबहादुर मल्लले सामाजिक विकास र कलबहादुर हमालले जलस्रोत तथा ऊर्जा विकासमन्त्रीको शपथ लिएका हुन् ।

उनीहरूलाई बुधबार साँझ आयोजित समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

उत्ता नेकपाका मन्त्रीहरुको भने टुँगो लागेको छैन । नेकपाको भागमा समेत तीन मन्त्रालय परेको छ । आजै मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत समेत लिएका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार २०:५०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।