Logo

समाचार

देशभर डेंगु संक्रमितको संख्या २८ सय ४४ पुग्यो, दुई जनाको मृत्यु



काठमाडौं । नेपालमा डेंगु संक्रमितको संख्या २ हजार ८ सय ४४ पुगेको छ।

स्वास्थ्य विभागका अनुसार हालसम्म ७४ जिल्लामा डेंगु फैलिएको छ भने दुई जनाको मृत्यु भएको छ।

गण्डकी प्रदेशमा सबैभन्दा बढी १ हजार १० जना संक्रमित भेटिएका छन्।

बागलुङमा मात्रै ४७० जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य विभागले लामखुट्टेको टोकाइबाट जोगिन तथा घर वरपर पानी जम्न नदिन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार २१:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।