काठमाडौं । भदौ महिना लागेसँगै अन्डाको मूल्य फेरि बढेको छ । आज बिहीबारदेखि लागु हुने गरी अन्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएकाे छ ।
नयाँ मूल्यसूचीअनुसार अब सबैभन्दा ठूलो (एक्सएल) अन्डाको मूल्य प्रतिक्रेट ५ सय ९० रुपैयाँ पुगेको छ । त्यस्तै, ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय ७५ रुपैयाँ र मिडियम अन्डाको मूल्य प्रतिक्रेट ५ सय ३५ रुपैयाँ तोकिएको छ । सानो अन्डाको मूल्य भने प्रतिपेटी ३२ सय रुपैयाँ कायम गरिएको छ ।
संघले एक साता नबित्दै अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढाएको हो । यसअघि ३० साउनदेखि लागु हुने गरी संघले एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५ सय ७५, ठूलो अन्डा ५ सय ६० र मिडियम अन्डा ५ सय २० रुपैयाँ तोकेको थियो ।
















प्रतिक्रिया