काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी भदौ २७ गते बोलाएको सातौं वार्षिक साधारणसभामा हकप्रद सेयर निष्कासनसम्बन्धी प्रस्ताव पेस गर्ने भएको हो ।
कम्पनीले नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ । हकप्रद निष्कासनमार्फत कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने योजना रहेको छ ।
यसैगरी, कम्पनीले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग ८८मर्जर तथा प्राप्ति प्रक्रियामा जाने प्रस्तावसमेत साधारणसभामा पेस गर्नेछ । मर्जर वा प्राप्तिका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभामा राखिने भएको छ ।
साधारणसभामा सर्वसाधारण शेयरधनीको तर्फबाट एक महिलासहित दुई जना सञ्चालक निर्वाचन गर्ने प्रस्तावसमेत रहेको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावमा निर्णय गर्नेछ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ ११ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीले साधारणसभामा सहभागिता जनाउन तथा मतदान गर्न पाउनेछन् ।
















प्रतिक्रिया