काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन संशोधनमार्फत गभर्नर र डेपुटी गभर्नरको कार्यकाल ३ वर्ष बनाइने भएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलबाट गभर्नर, डेपुटी गभर्नर र सञ्चालकहरूको कार्यकाल ३ वर्ष बनाउने निर्णय गरेको हो ।
समितिको बिहीबार बसेको बैठकले मूल ऐनको दफा १८ मा संशोधन गर्दै गभर्नरको कार्यकाल घटाउने र पुनः नियुक्तिको नयाँ प्रावधान राख्ने सहमति गरेको अर्थसमितिका सचिव लक्ष्मण अर्यालले जानकारी दिए ।
हाल गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको पदावधि पाँच वर्ष रहेको छ ।
राष्ट्र बैंक ऐन संशोधनका लागि तयार गरिएको प्रस्तावित मस्यौदामा भने गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको पदावधि एक पटकको लागि थप गर्न सक्ने प्रस्ताव गरिएको थियो ।
संघीय संसदबाट स्वीकृत भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्रै यो व्यवस्था ऐनका रूपमा कार्यान्वयनमा आउनेछ ।
















प्रतिक्रिया