Logo

राजनीति

प्रधानमन्त्री शुक्रबार मुस्ताङ जाँदै



काठमाडौं । प्रधानमन्त्री बालेन शाह मुस्ताङ जाने भएका छन्।

उनी भोलि (शुक्रबार) पोखरा हुँदै मुस्ताङ जाने कार्यतालिका रहेको निकट स्रोतले जानकारी दिएको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले भने अहिलेसम्म आफूलाई प्रधानमन्त्री आउनेबारे जानकारी नभएको बताए।

यद्यपि उनी पोखरा विमानस्थल हुँदै मुस्ताङ जाने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ। उनी मुस्ताङबाहेक अन्त कहाँ जाने भन्नेबारे खुलाइएको छैन।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार २१:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।