काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दामा जमानत बसिदिएका डा. मनोहर प्रधानलाई पार्टीको महत्त्वपूर्ण पद अर्थात् कोषाध्यक्ष बनाएका छन् ।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकबाट सभापति रवि लामिछानेले प्रधानलाई कोषाध्यक्ष पदमा मनोनीत गरेका हुन् ।
बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन मुद्दामा प्रधानले लामिछानेलाई थुनामुक्त गर्न ३० लाख रुपैयाँ जमानत दिएका थिए। पर्सा जिल्ला अदालतमा बाहेक उनी रविको मुद्दामा सबै ठाउँमा जमानत बसिदिएका छन्।
मनोहरले लामिछानेलाई चितवनबाट निर्वाचित गराउन पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
यसअघि पनि २०८२ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा आदिवासी जनजाति क्लस्टरमा लोकप्रिय मत ल्याएकालाई पन्छाएर मनोहरलाई ल्याइएकोमा निकै विरोध भएको थियो ।
पार्टीमा कुनै योगदान नभएका तर लामिछानेलाई अप्ठ्यारामा सहयोग पुर्याएकै कारण मनोहरलाई महत्त्वपूर्ण जिम्मेवारी दिईएको भन्दै पार्टीभित्र चर्को बिरोध भैइरहेको छ।
















प्रतिक्रिया