Logo

अर्थ

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी ललिता थापा र सविना श्रेष्ठको नाममा रहेको संस्थापक सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।

संस्थापक शेयरधनी ललिता थापाको नाममा रहेको १ लाख १ हजार ४ सय कित्ता र सविना श्रेष्ठको नाममा रहेको ६१ हजार १२४ कित्ता सेयर बिक्री गर्न लागेको बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक शेयर बिक्री गर्दा पहिलो प्रथामिकता विद्यमान संस्थापक शेयरधनीहरूलाई दिनुपर्ने भएकोले उक्त सेयर खरिदका लागि असार ३१ गतेले सूचना प्रकाशित भएको मितिसम्म ३५ दिनको समय राखी शेयर बिक्री गरेकोमा उक्त समयभित्र शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेकाले उक्त शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

शेयर खरिद गर्न चाहने जो कोही व्यक्ति वा संस्थाले बैंकको केन्द्रिय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड काठमाडौंमा आवेदन दिनु पर्नेछ ।

प्रकाशित मिति : ७ भाद्र २०८३, आईतवार ११:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।