सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर –३ मा एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।
मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुसी खातुन शनिबार घरनजिकैको झाडीमा मृत फेलापरेकी हुन् । परिवारका अनुसार आइतबार बिहान करिब ९ बजेसम्म बालिका घरमै देखिएकी थिइन्।।
त्यसपछि खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा उनको शव फेला परेको हो ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको छ । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान तथा छानबिनको प्रक्रिया अगाडि बढाएको सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमराज घिमिरेले जानकारी दिए ।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । बालिकाको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ ।
















प्रतिक्रिया