Logo

राजनीति

पाँच संसदीय समितिका बैठक बस्दै



काठमाडौं । आज पाँच वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्ने भएको छ । बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा नेपाल पर्वतारोहण संघलगायतका सरोकारवाला निकायहरूसँग छलफल गर्ने कार्यसूची छ ।

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ः३० बजे बस्ने तय भएको छ । बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव—वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलले तयार पारेको प्राविधिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा पूर्वाधार विकास र सार्वजनिक निजी साझेदारी विषयमा छलफल हुने छ ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्ने भएको छ ।

बैठकमा ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुनेछ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो २ बजे बस्दै छ । बैठकमा विषय विज्ञ धन प्रसाद लामिछानेसँग खर्क नीतिका सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार ०७:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।