Logo

अर्थ

प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको लाभांश घोषणा



काठमाडौं । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई बन्दमुखी सामूहिक लगानी योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई १२ प्रतिशत लाभांश घोषणा गरेको छ ।

प्रभु बैंक लिमिटेड कोष प्रवद्र्धक तथा प्रभु क्यापिटल योजना व्यवस्थापक रहेको प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डले समान रूपमा १२ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेका हुन् ।

प्रभु क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले दुवै योजनाका इकाइधनीलाई उक्त दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको जनाएको छ । प्रतिफल वितरणसम्बन्धी प्रस्ताव नियामकीय प्रक्रिया पूरा भएपछि सम्बन्धित इकाइधनीलाई उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

दुवै बन्दमुखी योजनाले गत आर्थिक वर्षको लगानी व्यवस्थापनबाट प्राप्त प्रतिफलका आधारमा इकाइधनीलाई समान दरमा वितरण गर्ने घोषणा गरेका हुन् ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार १०:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।