Logo

अर्थ

३ हजार २ सयले बढ्याे सुनको मूल्य, प्रतिताेला कति पुग्यो?



काठमाडाैं । सुनको मूल्यमा आज उल्लेख्य वृद्धि भएको छ । आज सुनकाे मूल्य प्रतिताेला ३ हजार २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियाे ।

यसैबीच, चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १० रुपैयाँले घटेको हो ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार ११:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।