काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको घरबाट नियन्त्रणमा लिइएका सामानसहित उपस्थित हुन आदेश दिएको छ ।
सोमबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्रसाईंको रिटमा बरामद सामग्रीसहित उपस्थित हुन आदेश गरेको हो ।
अदालतले प्रसाईंलाई घरबाहिर हिँड्डुल नदिनुको कारण २४ घण्टाभित्र पेस गर्न पनि भनेको छ । लिखित जवाफसँगै भदौ ४ गते गरिएको घर खानतलासीमा बरामद सामग्री पेस गर्न जिल्ला प्रहरी परिसर भक्तपुरका नाममा सर्वोच्च आदेश जारी गरेको छ ।
परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रसाईंको घरबाट ६ वटा मोबाइल, एउटा ल्यापटप र सिसिटिभीको रेकर्डर रहने डिभाइस नियन्त्रणमा लिएको थियो ।
















प्रतिक्रिया