Logo

प्रमुख समाचार

नियुक्त भएको १९ दिनपछि याङ्कीले सम्हालिन लगानी बोर्डको सीईओको कार्यभार



काठमाडौँ । लगानी बोर्डकी नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) याङ्की उक्याबले सोमबारदेखि कार्यभार सम्हालेकी छन्। मन्त्रिपरिषद्ले नियुक्त गरेको १९ दिनपछि उनले बोर्डको सीईओका रूपमा पदभार ग्रहण गरेकी हुन्।

मन्त्रिपरिषद्को साउन २० गते बसेको बैठकले उक्याबलाई आगामी चार वर्षका लागि लगानी बोर्डको सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो। तर नियुक्तिको आधिकारिक पत्र प्राप्त नभएका कारण उनले तत्काल कार्यभार सम्हाल्न पाएकी थिइनन्।

लगानी बोर्डकी प्रवक्ता सुनिता नेपालका अनुसार उक्याबले सोमबार कार्यालय पुगेर औपचारिक रूपमा कार्यभार सम्हालेकी हुन्।

सरकारले चार वर्षका लागि नियुक्त गरेकी उक्याबले अब लगानी बोर्डको नेतृत्व सम्हाल्नेछिन्।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार १९:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।