स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन्।
सोमबार साँझ करिब ५ः४५ बजे गल्याङबाट साङ्लियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो उकालो घुम्तीमा अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ। मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी छ। जिपमा कति जना सवार थिए भन्ने पनि यकिन हुन सकेको छैन।
















प्रतिक्रिया