Logo

समाचार

उदयपुर र चितवनबाट ३६७ किलो गाँजासहित तीन जना पक्राउ



काठमाडौं । प्रहरीले उदयपुर र चितवनबाट ३६७ किलोभन्दा बढी गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

नियमित गस्तीमा खटिएको प्रहरी टोलीले उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोला नजिकबाट १९९ किलो ३२० ग्राम गाँजासहित रुपन्देहीका २१ वर्षीय सोम मगरलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार टिपरको ढालाभित्र लुकाएर राखिएको नौ वटा बोराबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो।

यसैगरी, चितवनको राप्ती नगरपालिका–१० चिप्लेटीबाट प्रहरीले करिब १६८ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–२ का डिल्लीराम थारू र चितवनको राप्ती नगरपालिका–१ का कर्णबहादुर तामाङ छन्। उनीहरू सवार कारबाट गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार २०:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।