Logo

बैंकिङ

नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अवस्थी



काठमाडौँ । बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा गणेशप्रसाद अवस्थी नियुक्त भएका छन् । बैंकको सञ्चालक समिति बैठकले सोमबार अवस्थीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकाे हाे ।

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र अर्थशास्त्रमा स्नातकोत्तर गरेका अवस्थी हार्वर्ड बिजनेस स्कुलबाट ‘रणनीति’ कोर्स गरेका छन्।

बैंकिङ क्षेत्रमा साढे दुई दशक लामो अनुभव हासिल गरिसकेका अवस्थी ६ वर्षअघि ग्लोबल आइएमई बैंकबाट सहायक महाप्रबन्धकका रुपमा नबिल प्रवेश गरेका थिए।

अवस्थी अपरेसन, जोखिम, ऋण शाखा व्यवस्थापनलगायतमा अब्बल मानिन्छन्।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार २०:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।