Logo

सुरक्षा/अपराध

विभिन्न हातहतियार सहित ६ जना पक्राउ



जिल्ला भोजपुर  भोजपुर नगरपालिका-८ स्थित पोखरेलाईनबाट एसएलआर राईफलको २ राउण्ड गोली, थ्रिनटथ्रि राईफलको १ राउण्ड गोली, १.६ फिट  डेटोनेटर कड सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पौवादुम्मा गाउँपालिका-३ च्याङ्ग्रे बस्ने २१ वर्षीय विकास राई किराँती र १९ वर्षीय सुरभजंग क्षेत्री भन्ने योगराज कार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा फेला पारी जाँच गर्दा उक्त हातहतियार सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

उदयपुर जिल्ला कटारी नगरपालिका-७ मर्जेतपुरबाट १ थान भरुवा बन्दुक सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय रुद्र बहादुर तामाङ र कृष्ण बहादुर तामाङ रहेका छन् । ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूसँगै रही हाल फरार रहेका अन्य ३ जनाको प्रहरीले खोजी गरिरहेको छ ।  

मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका-१ सिलिलिङ बस्ने अरुण भन्ने ५८ वर्षीय अमृत बहादुर श्रेष्ठलाई १ थान टोटा बन्दुक, सोही बन्दुकको ३ थान खाली खोका, करिब ५ सय ग्राम बारुद र २ थान मोबाइल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनको घर तालसी गर्दा हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।  

त्यस्तै, कपिलवस्तुको बिजयनगर गाउँपालिका-१ नेउलागंज बस्ने ४९ वर्षीय जोखु थारुलाई १ थान भरुवा बन्दुक सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले जोखुको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलवार १३:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।