काठमाडौं। बेनी हाइड्रोपावर प्रोजेक्टले सर्वसाधारणका लागि भदौ २२ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ। सोहीपछि बाँकी सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो।
त्यसमध्ये १० लाख ४० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो।
यस्तै, कम्पनीमा कार्यरत कर्मचारीका लागि २० हजार ८ सय कित्ता र सामूहिक लगानी कोषका लागि ५२ हजार कित्ता सेयर छुट्याइएको छ। यी सबै व्यवस्था पूरा गरेपछि बाँकी ८ लाख ६३ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन हुनेछ।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्कासन छिटोमा भदौ २५ गते बन्द हुनेछ भने मागअनुसार ढिलोमा असोज ५ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ।
















प्रतिक्रिया