Logo

अर्थ

नबिल बैंकको डेपुटी सीईओमा गणेशप्रसाद अवस्थी बढुवा



काठमाडौं । नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा गणेशप्रसाद अवस्थी बढुवा भएका छन् ।

सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले नायब महाप्रबन्धक पदमा कार्यरत अवस्थीलाई डेपुटी सीईओमा बढुवा गर्ने निर्णय गरेको हो ।

बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा लामो अनुभव भएका अवस्थीले सन् २००१ मा तत्कालीन एनआईसी बैंकबाट आफ्नो करियर सुरु गरेका थिए । त्यसपछि कुमारी बैंकमा शाखा प्रमुख र ग्लोबल आइएमई बैंकमा १३ वर्षभन्दा बढी समय उच्च व्यवस्थापनमा रहेर काम गरेका उनी ४ वर्ष अघि सहायक महाप्रबन्धक (एजीएम) का रूपमा नबिल बैंक प्रवेश गरेका थिए ।

क्रेडिट व्यवस्थापन, निक्षेप परिचालन र ग्राहक सेवामा विशेष दख्खल राख्ने अवस्थीले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलवार ११:४७   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।