काठमाडाैं । महालक्ष्मी विकास बैंक विकास बैंकले काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको १८औँ संस्करणको नाडा अटो शो २०२६ मा सहभागिता जनाएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा भदौ ९ गतेदेखि १४ गतेसम्म सञ्चालन भइरहेको प्रदर्शनीमा बैंकले स्टल नं एल ०४ मार्फत आफ्ना सेवा तथा सवारी कर्जा योजनाबारे जानकारी दिइरहेको छ ।
सवारी साधन खरिदका लागि आवश्यक कर्जासम्बन्धी परामर्श, सहजीकरण तथा समन्वय बैंकले उपलब्ध गराउने जनाएको छ । विद्युतीय तथा अन्य निजी र व्यावसायिक सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सरल, सहज र प्रतिस्पर्धी वित्तीय सेवा प्रदान गर्ने बैंकको भनाइ छ ।
बैंककाअनुसार भदौ महिनाका लागि सवारी कर्जाको आधार दर ५.६४ प्रतिशत कायम रहेको छ। यस आधार दरका कारण सवारी कर्जा लिन चाहने ग्राहकले आकर्षक ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। साथै, यस अवसरमा बैंकले प्रशासनिक शुल्कमा समेत विशेष छुट उपलब्ध गराउने बताएको छ ।
नाडा अटो शोमा सहभागी हुँदै आएको बैंकले प्रत्येक वर्ष आयोजना हुने उक्त प्रदर्शनीमा आफ्नो सहभागिता जनाउँदै आएको छ । प्रदर्शनीमार्फत ग्राहकलाई सवारी कर्जा तथा बैंकका अन्य वित्तीय सेवाबारे प्रत्यक्ष जानकारी दिने अवसर मिलेको बैंकले जनाएको छ ।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा क्याफेसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ सेवाको विस्तारसँगै ग्राहकलाई थप सहज र आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले डिजिटल हब सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
















प्रतिक्रिया