काठमाडौं । मुक्तिनाथ विकास बैंकले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत हाल बैंकको अटो लोन ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा पाउन सक्नेछन् ।
बैंकले यस योजनाअन्तर्गत आधार दरमै अटो लोन उपलब्ध गराउने भएको हो । नाडा अटो शो २०२६ लक्षित गरि ल्याइएको यो विशेष ब्याजदर योजना भदौ मसान्तसम्म लागू हुने कम्पनीले जनाएको छ । उक्त अवधि समाप्त भएपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुनेछ ।
ग्राहकको कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजातहरू पूरा भएको अवस्थामा बैंकले २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरेको छ । यसले ग्राहकलाई आफ्नो रोजाइको सवारी साधन खरिद गर्न सहज, छिटो र सरल कर्जा सुविधा प्राप्त गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
बैंकले उक्त अटो लोन सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखामार्फत उपलब्ध गराउने जनाएको छ ।
















प्रतिक्रिया