Logo

अर्थ

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको आकर्षक गाडी कर्जा योजना, ५.१३ प्रतिशत ब्याजदरमा कर्जा

३ कार्यदिनमै कर्जा प्रवाह



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गरी वार्षिक ५.१३ प्रतिशत ब्याजदरमा आकर्षक गाडी कर्जा योजना सार्वजनिक गरेको छ । ग्राहकको सवारीसाधन खरिदलाई सहज, सरल र छिटो बनाउने उद्देश्यले ल्याइएको यस योजनामा प्रोसेसिङ शुल्क ०.५ प्रतिशत मात्र कायम गरिएको बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत आवश्यक कागजात तथा कर्जा प्रक्रियासम्बन्धी सम्पूर्ण आवश्यकताहरु पूरा भएको अवस्थामा ३ कार्यदिन भित्रै कर्जा प्रवाह गरिने व्यवस्था गरिएको छ । यसले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई प्रतिस्पर्धी ब्याजदर, न्यून प्रोसेसिङ शुल्क तथा सरल, सहज र शीघ्र कर्जा प्रवाहको सुविधा प्रदान गर्ने बैंकको विश्वास छ ।

सिमित समयका लागि मात्र लागू रहने यस विशेष सुविधा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका देशभरका शाखाहरुबाट लिन सकिनेछ ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलवार १६:५५   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।