Logo

प्रमुख समाचार

कर्णाली मन्त्रिपरिषद्को पहिलो बैठक : सचिव खटाउनेदेखि नयाँ तलबमान कायम गर्ने निर्णयसम्म



काठमाडौं ।  मुख्यमन्त्री मंगलबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ।

बैठकले नेपाल प्रशासन सेवाका राजपत्रांकित प्रथम श्रेणीका सहसचिव रमेश केसीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत प्रदेश सचिवका रूपमा खटाउने निर्णय गरेको छ। केसीलाई शान्ति–सुरक्षा, विपद् व्यवस्थापन तथा सूचना प्रविधिसम्बन्धी जिम्मेवारी दिइएको छ।

त्यस्तै, प्रदेश सरकारले सामयिक राजस्व उठाउनेसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिएको छ।

बैठकले २०८३ साउन १ गतेदेखि लागू हुने गरी प्रदेश तथा स्थानीय तहमा कार्यरत संघीय सरकारका दरबन्दीका कर्मचारीसहित प्रदेश, स्थानीय तह र करार कर्मचारीका लागि नयाँ तलबमान कायम गर्ने निर्णय पनि गरेको छ।

मुख्यमन्त्री शाहीले भदौ ३ गते नेकपा एमालेबाट तीन जना मन्त्री नियुक्त गरेपछि मन्त्रिपरिषद्को पहिलो बैठक बसेको हो। चार सदस्यीय मन्त्रिपरिषद्ले गरेका निर्णयबारे आर्थिक मामिला मन्त्री टेकराज पछाईंले जानकारी दिएका हुन्।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलवार २१:४४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।