Logo

अर्थ

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको बढेको छ । आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुन प्रतितोला ३ लाख २२ हजार १ सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला ३ लाख २२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ७५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ४ हजार ९ सय ७५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको ४ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार ११:४६   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।