काठमाडौं । कांग्रेस सभापति गगनकुमार थापाले रसुवामा आएको ठूलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको बताएका छन्।
विपद्को अवस्थामा भोटेकोशी, त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सार्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न र सबै तहका सरकारसँग समन्वय गरेर उद्धार राहतमा केन्द्रित रहन आग्रह गरेका छन् । विपद् व्यवस्थापनका लागि सरकारको प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग जनाएका छन् ।
उनले भनेका छन्, ‘नेपाली कांग्रेसका सम्पूर्ण समितिहरू, विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लाका नेतृत्व एवं सबै सदस्य साथीहरूलाई तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा राख्न, उद्धार र राहत कार्यमा तुरुन्त जुट्न र सहयोग गर्न अपिल गर्दछु ।’
















प्रतिक्रिया