काठमाडौं । सेयर बजार घट्ने क्रम आज पनि जारी नै रहेको छ । आज बजार भारी अंकले घटेकाे छ । नेप्से परिसूचक ३५.९२ अंकले घटेर २,५५८ को विन्दुमा कायम भएको छ ।
आज २३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २५२ कम्पनीको घटेको छ ।
आज ४ अर्ब ७७ करोड माथिको सेयर कारोबार भएको छ । आज चिलिमे हाइड्रोको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको २० करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै रसुवागढी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका हुन् ।
















प्रतिक्रिया