काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को समीक्षा अवधिमा नेपालको चालू खाता ९ खर्ब २३ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ४ खर्ब ९ अर्ब ८४ करोड रुपैयाँले बचतमा थियो।
अमेरिकी डलरमा हिसाब गर्दा अघिल्लो वर्षको समीक्षा अवधिमा ३ अर्ब १ करोड डलरले बचतमा रहेको चालू खाता यस वर्ष ६ अर्ब ३३ करोड डलरले बचतमा रहेको छ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर पनि बढेको छ। यस अवधिमा खुद पुँजीगत ट्रान्सफर १८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ९ अर्ब ८४ करोड रुपैयाँ थियो।
त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) २८ अर्ब ४९ करोड रुपैयाँ भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा १२ अर्ब २ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो।
समीक्षा अवधिमा नेपालको शोधनान्तर स्थिति १० खर्ब २७ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँले बचतमा थियो।
अमेरिकी डलरमा भने अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ३७ करोड डलरले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७ अर्ब ५ करोड डलरले बचतमा पुगेको छ।
यससँगै चालू खाता तथा शोधनान्तर दुवै सूचकमा उल्लेख्य सुधार देखिएको छ।
















प्रतिक्रिया