काठमाडौं । बुधबार भोटेकोशीमा आएको भीषण बाढीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७ जना कर्मचारी हराएका छन् । बैंकको टिमुरे शाखा, स्याफ्रुबेंसी शाखा र मैलुङ एक्सटेन्सन काउन्टरमा कार्यरत ७ कर्मचारी हराएका हुन् ।
बाढीका क्रममा हराउनेमा स्याफ्रुबेंसी शाखामा कार्यरत शिव प्रसाद लम्साल, जितमान घले, पेम्बा दावा लोपेचान, पासाङ याङ्जेन तामाङ र भीम बहादुर खड्का छन् ।
त्यस्तै, बैंकको टिमुरे शाखामा कार्यरत डोल्मा लामा र मैलुङ एक्सटेन्सन काउन्टरमा कार्यरत मुकेश खड्का पनि सम्पर्कविहीन भएका छन् । उनीहरु बुधबार आएको बाढीपछि सम्पर्कविहीन रहेको बैंकले जनाएको छ ।
निरन्तर सम्पर्कको प्रयास गरे पनि सम्पर्क हुन नसकेपछि बैंकले सम्पर्कविहीन भएका आफ्ना कर्मचारीहरुको फोटो सार्वजनिक गरेर खोजी गरिदिन अनुरोध गरेको छ ।

















प्रतिक्रिया