काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुन प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला ३ लाख २२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी तोलामा १० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४ हजार ९ सय ६५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको ४ हजार ९ सय ७५ रुपैयाँमा किनबेच भएको थियो ।
















प्रतिक्रिया