Logo

प्रमुख समाचार

रसुवा बाढी अपडेट: मृतकको सङ्ख्या १७७ पुग्यो



काठमाडौं ।  रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १७७ पुगेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो ।

प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनुहँमा ९, पूर्वी नवलपरासीमा ३२ र पश्चिम नवलपरासीमा ६ जनाको शव फेला परेको हो ।

अहिले खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी परिचालन भएका छन् ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार १२:४४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।