Logo

अर्थ

लगातार चौथो दिन पनि घट्यो सेयर बजार, कारोबार रकम ३ अर्ब ७८ करोडमा सीमित



काठमाडौं । हिजो पनि भारी अंकले घटेको बजार आज भने सामान्य अंकले घटेको छ । यो नेप्सेमा लगातार चार दिनको गिरावट हो । नेप्से परिसूचक १.०४ अंकले घटेर २,५५७ को विन्दुमा कायम भएको छ ।

आज १४६ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीको मूल्य घटेको छ ।

आज ३ अर्ब ७८ करोड माथिको सेयर कारोबार भएको छ । आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको २१ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल एसबिआई बैंकको १६ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । यसका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै अपर हेवाखोलाका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ९.४५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार १५:१८   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।