Logo

अर्थ

बाढी प्रभावितका लागि एनआईसी एशिया बैंकले गर्‍यो २ करोड २१ लाख सहयोग



काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड रुपैयाँ र बैंकका सञ्चालक तथा कर्मचारीबाट संकलित २१ लाख रुपैयाँ गरी कुल २ करोड २१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

बैंकका अध्यक्ष अशोककुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले संयुक्त रूपमा उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवासहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था तथा निजी क्षेत्रले सहयोग घोषणा गरिरहेका बेला एनआईसी एशिया बैंकले पनि राहत कोषमा रकम उपलब्ध गराएको हो।

बैंकका अनुसार विपद्को समयमा प्रभावित समुदायलाई सहयोग पुर्‍याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको हो। साथै, बैंकका सञ्चालक तथा कर्मचारीले समेत व्यक्तिगत रूपमा रकम संकलन गरी राहत कोषमा योगदान गरेका छन्।

बैंकले विपद्का बेला प्रभावित परिवारलाई आवश्यक राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको जनाएको छ।

एनआईसी एशिया बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विपद् तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गरेको छ। बैंकले यसपटकको सहयोगलाई पनि विपद् प्रभावित नागरिकप्रतिको सामाजिक जिम्मेवारीका रूपमा प्रस्तुत गरेको जनाएको छ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार १९:४०   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।