काठमाडौं ।भोटेकोशी नदीमा आएको बाढी र पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सानिमा बैंक लिमिटेडले २ करोड २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो। बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषमार्फत सहयोग उपलब्ध गराइनेछ।
बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गर्ने निर्णय गरिएको बैंकले जनाएको छ।
















प्रतिक्रिया