Logo

मौसम

आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा



काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही क्षेत्रमा भारी वर्षाको सम्भावना छ।

राति पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको र कोशी, बागमती, गण्डकी तथा लुम्बिनीका केही पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार ०६:५९   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।