Logo

समाचार

बाढीले बगाएको शवको कानबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ



चितवन।  रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको शवको कानमा रहेको सुनको मुन्द्रा निकालेर लैजान खोजेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१ लीलाचोकस्थित मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चादँबेला नगरपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–२ पोखरा बसपार्कस्थित सुपारी टोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी छन्।

उनीहरूलाई बिहीबार दिउँसो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बाढीले रसुवाबाट बगाएर ल्याएको शवको कानमा रहेको सुनको मुन्द्रा तानेर निकालेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

शवबाट सुनको मुन्द्रा निकाल्दै गरेको दृश्य सार्वजनिक भएपछि घटनाको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। घटनाले मानवीय संवेदनामाथि समेत प्रश्न उठाएको भन्दै उनीहरूको आलोचना भएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार ०९:३२   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।